स्याङ्जा – आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि स्याङ्जा १ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
यस प्रदेश सभामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी अमृता थापा मगर उम्मेदवार बन्नुभएकाे थियाे । लामो छलफल र सहमतिपछि आफूले उम्मेदवारी फिर्ता लिएकाे श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ । उहाँलाई पार्टी सभापित शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता लिनका लागि पत्र पठाउनुभएकाे निर्वाचन अधिकृतको कार्यालयले ...