अमेरिकाले ‘अपहरण शैली’ मा एसियाबाट समर्थन जुटाउन खोज्याे - चीन

चीनले अमेरिकामाथि अपहरणको शैलीमा एसिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ । चीनका रक्षामन्त्रीले बहुपक्षवादका नाममा वाशिङ्टनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा उनीहरूलाई चीनविरुद्ध भड्काउन खाजेको आरोप लगाउनुभएकाे हाे ।  साङ्ग्रिला डायलगको एक दिनअघि रक्षामन्त्री जनरल वेइ फेङ्गेले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको ‘चीनले ताइवानको स्वशासित टापुमा आफ्नो दाबी गर्नका साथै सैन्य गतिविधि बढाएर अस्थिरता निम्त्याएको’ अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई अपमानजक आरोपको संज्ञा ...