राजपरिवारका सदस्यले शिकार गरेका जीवजन्तुका अवशेष प्राकृतिक विज्ञान संग्रहालयमा

काठमाडौं । नेपालका ऐतिहासिक र सांस्कृतिक सम्पदा मात्र हैन, सरकारको स्वामित्वमा रहेको संग्रहालय समेत सुरक्षित रहेनन् । सिंहदरबारको मर्मतसँगै ऐतिहासिक बेलायती बैठक अस्तित्वहीन बनाइएको प्रकरण नसेलाउँदै स्वयम्भूस्थित प्राकृतिक संग्रहालयमा रहेका ऐतिहासिक वस्तुको उचित संरक्षण नहुँदा इतिहास नै संकटमा पर्ने अवस्था आएको छ । यससँगै पुर्खाको नासोबाट नयाँ पुस्ता पुरै बेखबर हुने अवस्था आउने निश्चित छ […]