देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदैछ । ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गर्न लागिएको हो ।
यसअघि २०५८ र २०६८ मा पूर्णगणनाविधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यसपटक भने पूर्ण गणना विधिबाट जनगणना हुनेछ । पूर्णगणनाविधिबाट सबै घरमा पुगेर तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
यसैबीच सरकारले सुरक्षाको प्रत्याभूति गरे लिम्पियाधुरा क्षेत्रको कुटी, गुन्जी र नाभीको पनि गण...