नेपालको राजनीति तरल अवस्थामा बगिरहेको छ : पूर्वप्रधानमन्त्री नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताउनुभएको छ । उहाँले अहिलेको राजनीति कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताउनुभयो । उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा उहाँले सङ्घीयता र गणतन्त्रसमेत धरापमा पर्न सक्ने खतरा उत्पन्न भएको तर्क गर्नुभयो । नेपालको …