बेलायती प्रधानमन्त्री सुनककाे पहिलाे भाषण : विगतका गल्ती सच्याउने, देशकाे अर्थतन्त्र सुधार्ने

बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्याउने र देशकाे अर्थतन्त्र सुधार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  राजा चार्ल्स तृतीयलाई बकिङ्घम राजप्रासादमा भेटेपछि उहाँबाट सरकार गठनको आह्वानपछि औपचारिकरूपमा प्रधानमन्त्री बन्नुभएका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनर्स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले त्यसका लागि गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिनुभएको छ ।  ‘अहिले हाम्रो देशले गहिरो आर्थिक सङ्कटको सामन...