अमेरिकी वायुसेनाका १२ हजार कर्मचारी तथा अधिकारीले कोभिडविरुद्धको खोप लगाउन नमानेपछि कारवाही गर्ने तयारी चलिरहेको छ ।
गत अगस्ट महिनामा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले सक्रिय रहेका १३ लाख सैनिकहरूलाई कोभिड खोप अनिवार्य रहेको बताएको थियो । खोप नलगाउने कर्मचारीमाथि कारवाही हुने पनि उसले बताएको थियो ।
वाशिङटन पोस्टको रिपोर्टअनुसार, वायुसेनाका १२ हजारभन्दा बढी कर्मचारीले कोरोना खोप लगाउन मानेनन् ।
सेप्टेम्बर महिनासम्म वायुसेनाका ९४ प्रतिशत मानिसले खोप लगाएका थिए तर हालैका सातामा खोप कार्...