मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँ सरी आउनेभन्दा पालिकाबाट बसाइँ सरेर जानेको सङ्ख्या तीन गुणा बढी छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँ सरी आउने परिवार सङ्ख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको सङ्ख्या ९२ रहेको छ । यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १४४ भित्रिँदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन् । गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँ सरी जानेको सङ्ख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिए । पालिका केन्द्रमा वर्षभर