काठमाडौं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भइरसका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली ल्याउन प्रयोग हुँदै आएको चाटर्ड उद्धार उडान आज (सोमबार) र भोलि (मंगलबार) का लागि नहुने भएको छ । यसअघि निरन्तर लामो समयदेखि उद्धार उडान भइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइदेखि सबै होल्डिङ सेन्टर सरसफाइको व्यवस्थापन, फ्रन्टलाइनमा कार्यरत कर्मचारीको विश्रामलगायतका विशेष काम …