सिरहामा नेपाली काँग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेपछि शुक्रबार दुई गुटले छुट्टाछुट्टै स्थानमा जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । एउटा पक्षले गोलबजार र अर्को पक्षले सिरहा सदरमुकाममा १४ औँ अधिवेशन उद्घाटन गरेका हुन् । काँग्रेस जिल्ला सभापति रामचन्द्र यादव समूहले गोल बजारमा र अर्का सभापतिका आकांक्षी रामसुन्दर चौधरी पक्षले सिराहा सदरमुकाममा अधिवेशन उद्घाटन गरेको हो । यादव पक्षधर गुटले गोल बजारमा आयोजना गरेको उद्घाटनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चित्रल