मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदुत निकोला पोलिट बीच मङ्गलबार शिष्टाचार भेटघाट भएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको शिष्टाचार भेटघाटमा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिको बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले जानकारी दिनुभयो ।