नेपाल र भारतका सांसदहरुले सीमामा हुने डुबानको बारेमा चासो देखाएका छन् । मिडिया फर हार्मोनी अर्थात सदभावका लागि सञ्चार नामक संस्थाले वीरगञ्जमा आयोजना गरेको नेपाल भारत मैत्री संवाद कार्यक्रममा नेपालका सांसद र भारतका सांसदले दुवै देशका सीमामा हुने बाढी र डुबानको समस्याका बारेमा चासो देखाएका हुन् ।