पारिवारिक झगडाको कारण ११ जनाको हत्या

काठमाडौं । बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित ११ जनाको हत्या गरेका प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ । पाकिस्तानमा अन्तर-पारिवारिक झगडा सामान्य रहेको छ । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन […]