लामो समयदेखि पासपोर्टविहीन दुई हजार तीन सय आठ जना नेपालीको इलेक्ट्रोनिक बायोमेट्रिक पासपोर्टको आवेदन प्रक्रिया पूरा भएको छ । पासपोर्टकै कारण विभिन्न समस्या झेलेका नेपालीका लागि सहजीकरण गर्न खटिएको परराष्ट्र मन्त्रालयसहितको टोलीले पोर्चुगलको लिस्बन सहरमा पासपोर्ट दिने प्रक्रिया गत मार्च २९ देखि सुरु गरेको थियो ।