पछिल्लो २४ घण्टामा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप १६ हजार ९२६ जनाले लगाएका छन् । हालसम्म ७३ लाख ६९ हजार १०८ जनाले बुस्टर मात्रा लगाएका हुन् । ३१.६ प्रतिशतले मात्रै बुस्टर मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको बताए । त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले खोप नलगाएका सबैले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्कता अ