कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्र निर्माणका लागि समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई मनोनयन गरेका छन् ।
नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समिति गठन गर्दै संयोजकमा महामन्त्री शर्मालाई मनोनीत गरेका हुन् ।