प्रतिनिधि सभा विघटनविरुद्धका रिट वृहत् पूर्ण इजलासमा हेर्न बाह्रैजना रिट निवेदकको निवेदन

प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका १२ जनाले नै आफूहरूको रिटको सुनुवाइ वृहत् पूर्ण इजलासमा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् । सर्वोच्चको संवैधानिक इजलासमा ती रिटहरूमाथि बुधवारदेखि निरन्तर सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ तथा अधिवक्ताहरूले हस्ताक्षर गरी मंगलवार सर्वोच्च अदालतमा निवेदन पेश गरेको निवेदकमध्येका एक अधिवक्ताले लोकान्तरलाई जानकारी दिए ।  अधिवक्ता लोकेन्द्र ओली, शालिकराम सापकोटा, कञ्चनकृष्ण न्...