चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बता छ। “गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा चाँडोभन्दा चाँडो शान्ति पुनःस्थापना गर्न मिलेर काम गरौँ”, बेइजिङमा प्यालेस्टिनी प्राधिकरण, इन्डोनेसिया, इजिप्ट, साउदी अरब र जोर्डनका विदेशमन्त्रीहरूलाई उनले भने, “गाजामा मानवीय विपत्ति देखापरेको छ, त्यहाँको अवस्थाले विश्वका सबै मुलुक