भूगोल फेर्दा उकालो लागेको ज्ञानेन्द्रको राजनीतिक यात्रा

विराटनगर : सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका नेता जगदीशप्रसाद कुसियैतको मतगणना अवधिभर निकै रोचक प्रतिस्पर्धा चलिरह्यो।कम मतले प्रतिस्पर्धा भइरहँदा मतगणना अन्तिम अवधिसम्म आइपुग्दा झिनो मतान्तरले निर्वाचित हुँदै कार्कीले तेस्रोपटक संसदीय यात्रा तय गरे। संघीय सरकारका बहालवाला सञ्चारमन्त्री समेत रहेका कार्कीले ३०,४८३ मत ल्याउँदा तत्कालीन प्रदेश सरकारका पर्यटनमन्त्री कुसियैतले ३०,३७१ मत ल्याएका छन्।२०७४ लाई फर्किएर हेर्ने हो भने एमालेलाई पराजित बनाएर