सर्दु जलाधार सीमाङ्कन विवाद : धरानका तीन हजार घरधुरीले व्यहोरेको हैरानी

धरानलाई पानी खुवाउन ५० वर्षअघि राजा वीरेन्द्रले घोषणा गरेको सर्दु जलाधार क्षेत्र सट्टा भर्नाको किचलो अहिलेसम्म पनि सकिएको छैन । यो झमेलामा जलाधार क्षेत्र बाहिरका झण्डै तीन हजार परिवार अहिले पनि हैरानी खेपेर बसेका छन् ।