एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पदबहाली गर्ने भएका छन् ।  दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पदबहाली गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ओलीसँगै १९ जना पदाधिकारीले शुक्रवार पार्टी कार्यालयमा पदबहाली गर्ने तय भएको छ । मंसिर १० देखि १४ गतेसम्म सम्पन्न महाधिवेशनबाट ओली भारी बहुमतका साथ विजयी भएका थिए । महाधिवेशनस्थल सौराहामै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ गरिसकेका छन् ।  एमालेको केन्द्रीय सदस्यको संख्या ...

सम्बन्धित सामग्री

आज पदबहाली गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं, १७ मंसिर :  चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्दैछन् । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।  भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले […]