प्रतिनिधि सभाका लागि ४८ दलका २ हजार ४३६ उम्मेदवार समानुपातिक बन्दसूचीमा

निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा आज बेलुका १२ बजेसम्म सो बन्दसूची प्रकाशन गर्ने काम भइरहेको आयोगले जनाएको छ । आयोगले शनिवार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिएको जानकारी अनुसार समानुपातिक तर्फ प्रतिनिधि सभा तर्फ ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।  प्रदेश नम्बर १ मा ३६ वटा दलका ६ सय ६१ जनाको उम्मेदवारी परेको छ भने मधेस प्रद