काठमाडौं : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्तारुढ गठबन्धन कुण्ठा र प्रतिशोधको झुण्ड भएको टिप्पणी गरेका छन्। दाङमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले भने, 'ओलीविरुद्ध एउटा मोर्चा बनेको छ। अहिले त्यही मोर्चाले सरकारको नेतृत्व गर्ने अवसरमा पाएको छ। नीति र कार्यक्रम नभएर कुण्ठा र प्रतिशोधको भरमा सरकारमा पुगेको छ। जनताकाे बाटो नभएर परमादेशको बाटोमा हिँडिरहेका छन्।' प्रचण्डको अस्थिरता र महत्त्वाकांक्षाले नै अहिलेको परिस्थिती सिर्जना भएको उ