ग्लोबल आइएमई बैंकले बेलायतको सीडीसी ग्रुपबाट तीन अर्ब ऋण लिँदै, प्राथमिकता क्षेत्रमा लगानी

ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्तीय संस्था सीडीसी ग्रुप (केही समयमै ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट हुँदैछ) बाट करिब तीन अर्ब रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ।  सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्ने र प्राथमिकताका क्षेत्रहरु जलविद्युत, नवीकरणीय ऊर्जा तथा पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण विस्तार गर्न सहयोग पुग्ने बैंकले जनाएको छ। प्राप्त ऋणलाई बैंकले कोभिड महामारी पछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सृजनामा लगानी बढाउन प्रयोग गर्ने...