काठमाडौं (अस) । यो वर्ष आयोजना भइरहेको युरो कप २०२१ सुरुआतसँगैै फुटबलका फ्यान मात्र नभई सर्वसाधारणमा समेत उमंग छाएको छ । यसमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँग मिलेर ‘प्रेडिक्ट एन्ड विन’ अभियान ल्याएको छ ।
यो अभियान युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखि सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । अभियानमा ५ जना विजेताले ५० एमबीपीएसको १ वर्ष अवधिको इन्टरनेट सब्सक्रिप्सन निःशुल्क पाउन सक्नेछन् ।
योजनामा भाग लिन लक्ष्मी बैंकका ग्राहकले मोबाइल मनी सेवा सुरु गरेको हुनुपर्छ भने भने मोबाइल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्सफर गरी यसमा सहभागी हुन सक्नेछन् ।
मोबाइल मनीको ‘फोन–पे डैरेक्ट’ वा अन्तरबैंक नगद ट्रान्सफर (आईबीएफटी) नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफूले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । अभियान अवधिपछि युरो कप विजेता देशको सही अनुमान गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेताले १ वर्षको इन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउनेछन् ।