काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरुले मंसिर अघि नै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघि नै संघीय संसदको चुनाव गर्ने बताउनु भएको हो । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संसद सञ्चालन नहुने हो भने चाँडै संघीय संसदको चुनाव गराउन आफूले प्रधानमन्त्...