नेकपा (एकीकृत समाजवादी) निकट १० जना सांसदले छाडे विराटनगर

विराटनगर : बिग होटलमा बसेका नेकपा (एकीकृत समाजवादी) निकट १० जना सांसदले विराटनगर छाडेका छन्।प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको सत्ता ढाल्ने रणनीति बनाउन छलफलका लागि होटलमा बसेका एमालेका राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्बाङ्ग, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापालगायत सांसद विराटनगर बाहिर गएको स्रोतले जनाएको छ।सांसदहरूलाई दबाबमा थुनेर होटलमा राखिएको चर्चा चलेलगत्तै विराटनगर छाडेका उनीहरू एकैपट