लकडाउनले कुखुराको मासुको मूल्य बढ्यो

बजारमा अण्डा र कुखुराको मासुको मूल्य बढेको छ । लकडाउनले गर्दा माग अनुसार कुखुरा उत्पादन हुन नसक्दा मूल्य बढ्न गएको हो । बजारमा मासु र अण्डा दुवैको माग उच्च भएपनि सो अनुसार आपूर्ति हुन नसकेकाले मूल्य बढ्न गएको व्यवसायीको भनाई छ । व्यवसायीका अनुसार जिउँदो कुखुरामा प्रतिगोटा १० रुपैयाँ, तयारी मासुमा १५ रुपैयाँ र अण्डाको क्रेटमा २५ रुपैयाँसम्म मूल्य बढेको छ । हाल बजारमा कुखुराको मासु प्रतिकेजी ३ सय ७५ रुपैयाँ पुगेको छ । जिउँदो कुखुरा प्रतिकेजी २ सय ६० पुगेको छ भने अण्डा क्रेटको ३ सय ६५ रुपैयाँ पर्न थालेको छ ।