जनकपुरधाम । मदिरा चोरेको आरोपमा सिराहा प्रहरीले तीन जना प्रहरीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जनालाई निलम्बन गरेको हो । लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीले […]
काठमाडौं : मदिरा चोरीको आरोपमा नेपाल प्रहरीका सईसहित तीन जना प्रहरी निलम्बनमा परेका छन्।
इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सई नबलकिशोर ठाकुर तथा प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार राय निलम्बनमा परेका हुन्।
गत जेठ ९ गते राति १० बजेतिर लहान नगरपालिका २३ गढीया चोकमा रहेको पूजा मदिरा होटलमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिँदा पसलका सञ्चालक भागेका थिए।
सञ्चालक भागेपछि पसलबाट ती प्रहरीहरूले केही थान रक्सी लिएर गएका थिए।