पन्ध्र सालको चुनाव : उम्मेदवारको खर्च सीमा ५ हजार, कांग्रेस र गोर्खा दलको धाकधम्की

राणा शासन ढलेको ८ वर्षपछि प्रजातन्त्र घोषणा भएकै मिति पारेर ७ फागुन २०१५ मा नेपालको पहिलो संसदीय चुनाव भएको थियो । राजनीतिक दल र उम्मेदवारले भने चुनाव हुने एक हप्ता अगाडिबाट मात्र आफ्नो प्रचार सुरु गरेका थिए । नेपाली कांग्रेस र राष्ट्रवादी गोरखा परिषदले मतदाताले कसलाई भोट दिए हामी थाहा पाउँछौं भन्दै धम्क्याएका थिए । त्यस बेलाका प्रमुख प्रतिस्पर्धी यी दुई दलका उम्मेदवारले आफूलाई भोट नदिएमा उठिबास बनाउने भनेर समेत धम्क्याएका थिए ।