काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का उपस्थित नहुने भएपछि आज पनि संसदीय समितिको बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको बैठक सुरु हुनुअघि मन्त्री खड्का उपस्थित हुन नसक्ने जानकारी आएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको समितिका उपसचिव गोपाल सिग्देलले थाहा खबरलाई जानकारी दिए।परराष्ट्रको सचिव पनि उपस्थित हुनुभएन। उपसचिव सिग्देलका अनुसार मन्त्री बिरामी हुनुभएको र सचिव विदेश भ्रमणमा रहेको जानकारी समितिलाई गराइएको छ। यसअघि भदौ ९ गते अग्नि पथबारे छलफल