चालु आर्थिक वर्षभर सुस्ताएको घरजग्गा कारोबार जेठमा आएर बढेको छ । वैशाखको तुलनामा जेठमा घरजग्गा कारोबार ३१.३२ प्रतिशत र राजस्व ४१.९४ प्रतिशतले बढेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार कित्ताकाट समेत अघिल्लो महिनाको तुलनामा ५३.३६ प्रतिशतले बढेको छ ।