चामल किन्न भाटभटेनी पुगेका मन्त्रीको भनाइ- खासै महँगो रहेनछ

काठमाण्डौ - उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्रीलाई सोमबार साँझ फोन गर्दा भाटभटेनी सुपरमार्केट पुगेको जानकारी दिनुभयो । मन्त्री भाटभटेनी किन जानुभएछ भनेर चासो लाग्यो । अनुगमनमा जानुभएको हो ? उज्यालो अनलाइनको प्रश्नमा मन्त्री भट्टले भन्नुभयो, ‘होइन खास मलाई चामल चाहिएको थियो र किन्न आएको, सँगसँगै य...

सम्बन्धित सामग्री

भाटभटेनीद्वारा भूकम्पपीडितलाई ३५ लाखको चामल सहयोग

रुकुमपश्चिमका भूकम्प प्रभावितहरुको लागि भाटभटेनी सुपर मार्केट प्रालिले खाद्यान्न सहयोग गरेको छ । भाटभटेनीले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाको सानीभेरी र आठबीसकोट नगरपालिकाका प्रभावितलाई सहयोग गरेको हो ।

रुकुमपश्चिमका भूकम्पपीडितलाई ३५ लाखको खाद्यान्न

त्रिवेणी (रुकुमपश्चिम), २४ कात्तिक । भाटभटेनी सुपर मार्केट प्रालिले रुकुम पश्चिमका भूकम्पपीडितलाई खाद्यान्न सहयोग गरेको छ । जिल्लाको सानीभेरी र आठविकोट नगरपालिकालाई पुग्ने गरी जिल्ला प्रशासनमार्फत प्रालिले खाद्यन्न सहयोग गरेको हो । प्रालिले जिल्लामा एक हजार छ सय ८० बोरा अर्थात् ४२ टन जिरा मसिनो चामल सहयोग गरेको भाटभटेनी सुपर मार्केट स्टोर प्रालिका क्षेत्रीय प्रबन्धक […]

५ करोड लगानीमा गैँडाकोटमा ‘किसान मार्ट’ सञ्चालनमा आउँदै

भदौ ३, चितवन । नवलपरासीको गैँडाकोटमा पाँच करोडभन्दा बढीको लगानीमा किसान मार्ट सञ्चालनमा आउने भएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर ४ मा रहेको गैँडाकोट एग्रोमार्ट परिसर भित्र ३ हजार ७०० वर्गमिटर को भवनमा किसान मार्ट सञ्चालनमा आउन लागेको हो । स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्दै विशेष गरी युवालाई स्वरोजगार दिने उद्देश्यले उक्त मार्टको अवधारणा अघि सारिएको हो ।  किसान बचत तथा ऋण सहकारी संस्थाले प्रबर्द्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालन गर्न लागिएको  किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिए  ।  उनका अनुसार भदौ महीनाको दोस्रो सातमा औपचारिक रुपमा मार्ट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मार्टमा दैनिक उपभोक्ताका सामान, स्थानीय कृषि उत्पादन लगायतका उत्पादन राखिने चालिसेले बताए । मार्टबाट नारायणगढ तथा नवलपुरका उपभोक्ताले बढी लाभ लिन सक्ने उनको भनाइ छ । ‘हाम्रोमा दैनिक उत्पादन र कृषि जन्य सामान सबै एकैठाउंँमा राखि विक्री गरिनेछ उनले भने, जसले गर्दा उत्पादित वस्तु खेर पनि नजाओस् सस्तो मूल्यमा उपभोक्ताले पनि पाउन् ।’ समुदायस्तरकै शेयर सदस्यहरुद्वारा लगानी गरिएकोले संस्थाले सोही नगरपालिकामा पनि अन्य मार्टहरु बनाउने तयारी गरिएको छ । ‘भाटभटेनी प्रकृतिको मार्ट  जस्तै हो, उनले भने, त्यो निजी लगानी भयो । यो पब्लिकको लगानी हो ।’ आगामी दशैँ तिहारसम्म किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिका भित्र चारओटा मार्ट सञ्चालनको तयारी भएको तिलक पराजुलीले जानकारी दिए । उनका अनुसार महिला उधमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्य वस्तुहरुको प्याकेजिङ गर्ने योजनालाई प्राथमितामा राखिने छ ।  अदुवा बेसार, दाल, चामल लगायतका खाद्यान्न सामाग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायमर ब्राण्डिङ गरि मार्टमार्फत उपलब्ध गराउने योजना संस्थाको छ । त्यसैगरी २ वर्षभित्र किसान ब्राण्डको शुद्ध खाने तेल उत्पादन गरी उपभोक्ता माझ लैजाने समेत योजना रहेको पराजुलीले बताए । ‘लभ टु सर्भ’ मुख्य स्लोगन रहेको यो मार्टमा हाल ११ जनाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर पाएका छन् । मार्टमा हाल बारकोड कायम गर्ने र सामानहरुको व्यवस्थापनको काम भइरहेको पराजुलीको भनाइ छ ।

कोरोना त्रास : खाद्य पसलमा उपभोक्ताको भीड

काठमाडौं । कोरोना भाइरसको क्रास बढेसंगै काठमाडौका खाद्यान्ह पसलमा उपभोक्ताको भिड लाग्न थालेको छ । खाद्यसामग्री उपलब्ध हुने भाटभटेनी सुपरमार्केट, बिगमार्टलगायत विभिन्न स्टोरहरुमा उपभोक्ताको भिड सुरु भएको छ । ‘तीन दिनदेखी दाल, चामल, खाने तेल,चिनीलगायतका सामग्रीको बिक्री धेरै हुन थालेको छ ।’ अनामनगरस्थित भाटभटेनी सुपरमार्केटका कर्मचारीले जानकारी दिए । ठूला स्टोर मात्रै हैन सामान्य किराना …