विदुर नगरपालिकाको मेयरमा माओवादीबाट प्रभा बोगटी सिफारिस

२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । सोमबार बसेको माओवादी केन्द्रको विदुर नगर कमाण्डको बैठकले बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको माओवादी स्रोतले बताएको छ । माओवादीको विदुर नगर कमिटीकी अध्यक्षसमेत रहेकी बोगटी माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरीसमेत हुन् । सत्ता गठबन्धनबीच तालमेल […]

सम्बन्धित सामग्री

विदुर नगरपालिका : मेयरमा गठबन्धनबाट काँग्रेसको अग्रता, उपमेयरमा माओवादी पछि

विदुर नगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका राजन श्रेष्ठको अग्रता कायम रहेको छ । तर उपप्रमुखमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रभा बाेगटी भने पछि परेकी छन् ।विदुर नगरपालिकामा २४२३ मत गणना भएको छ । जसमा वडा नम्बरमा १ को ९०८ मत, वडा नम्बर २ को १०१५ मत र वडा नम्बर ३ को ५०० मत गणना भएको छ।मेयरमाकाँग्रेसका राजन श्रेष्ठ ११७२एमालेका सञ्जु पण्डित ९०८उप–मेयरमाएमालेकी अम्बिका नेपाल ८१९माओवादी केन्द्रकी प्रभा बोगटी ७९७

नुवाकोटको विदुर नगरपालिकाको उपमेयर उम्मेदवारमा प्रभा बोगटी

नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रले प्रभा बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी माओवादी नेता दिवंगत पोष्टबहादुर बोगटीकी छोरी हुन् ।  माओवादीको विदुर नगरपालिका कमिटी अध्यक्ष रहेकी उनलाई पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, काँग्रेससँगको तालमेलपछि माओवादीको भागमा उपमेयर परेपछि बोगटीलाई नै उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका नेता हिरानाथ खतिवडाले जानकारी दिए । मेयर पाएको काँग्रेसले भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छ