बलिउडमा कोरोना कहर दिन प्रतिदिन बढ्दो छ । अहिलेसम्म बलिउडका कयौं स्टार कोरोना संक्रमित भएका छन् । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र भने कोरोनासँग बच्न अनेक उपाय गरिरहेका छन् । यसैबीच उनले आफ्नो फिटनेस राज समेत शेयर गरेका छन् । जसमा उनले आफुलाई फिट राख्न नियमित वाक गर्ने गरेको बताएका छन् ।८६ वर्षका धर्मेन्द्र आफुलाई कोरोनाबाट सुरक्षित राख्न अहिले मुम्बईबाट टाढा इन लोनावालामा रहेको आफ्नो फर्म हाउसमा बस्छन् । त्यहाँ उनले आफु फिट राख्न नियमित एक्सरसाइज र नियमित चेकअप समेत गर्ने गरेको बताए । &ls