बेगनास ताल किनारमा भण्डारी मृत फेला

कास्की – पोखरा–३१ को बेगनास तालमा आज बिहान एक पुरुषको शव फेला परेको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । मृतक भण्डारीले बोकेको परिचयपत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ । मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको […]

सम्बन्धित सामग्री

बेगनास ताल किनारमा भण्डारी मृत फेला

मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको टोलीले मुचुल्का तयार गरी शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएको कस्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।