असोजका लागि आठ वटा वाणिज्य बैंकले बचत र मुद्दती निक्षेपको ब्याज सामान्य दरले बढाएका छन् । बाँकी १२ मध्ये आठ वटाले निक्षेपको ब्याजदर घटाएका छन् । चार वटा बैंकले कुनै परिवर्तन गरेका छैनन् । ब्याज घटाउने सर्तस्वरूप अर्थ मन्त्रालयले स्थानीय तहको खातामा रहेको रकममध्ये ६० प्रतिशत वाणिज्य बैंकहरूले निक्षेपका रूपमा गणना गर्ने सुविधा दिए पनि असोजमा झन्डै आधा बैंकले निक्षेपको ब्याज बढाएका हुन् ।