ग्लोबल आइएमई बैंकले मालपोत कार्यालय लमजुङको राजस्व संकलन सेवा सुरु गरेको छ । बैंकले सदरमुकाम बेसीशहरस्थित मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरी कार्यालयको राजस्व संकलनको सुरुवात गरेको हो ।
बैंकको ४१ औ एक्सटेन्सन काउन्टरको सोमवार कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङका प्रमुख भगवानप्रसाद उप्रेती र मालपोत कार्यालय लमजुङका प्रमुख केशव पौडेलले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।