राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक संसद विघटन गरेर गिनीज बुकमा नाम लेखाउन खोजेको बताएका छन् । राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले हामीलाई संसद विघटन गरेर गिनिज बुकमा नाम लेखाउन आवश्यक नभएको उल्लेख गरे । उनले संसद विघटन गर्नु संविधान विपरितको काम रहेको बताउँदै प्रधानमन्त्रीले संसद मात्र नभई कम्युनिष्ट आन्दोलन नै विघटन गर्न खोजेको आरोप लगाए । सांसद शर्माले प्रधानमन्त्रीले अब आत्माल