बलिउड अभिनेता शाहरुख खानको प्रोडक्सन हाउस ‘रेड चिलीज’ को अवैध क्यान्टिन मुम्बई नगरपालिकाले भत्काइदिएको छ। मेलोडमा रहेको उक्त क्यान्टिन शाहरुखले आफ्नो कार्यालयका कर्मचारीका लागि बनाएका थिए। खुला छत ढाकेर बनाइएको यो क्यान्टिन सुरक्षित नरहेको पनि बताइएको छ। भारतीय समाचारमाध्यमका अनुसार शाहरुख र पत्नी गौरीले प्रोडक्सनको कामका निम्ति मलाडमा १६ तलाको डिएलएच पार्क भवनको चौथो तला…