६ महिनादेखि रोकिएको लाइसेन्सको आवेदन खुल्दै

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले कोभिड-१९ का कारण रोकिएको नयाँ आवेदन खोल्न लागेको हो।नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन सेवा बन्द गरेको थियो। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले तिहारअघि नै नयाँ आवेदन खुला गर्ने बताए।‘एक साताभित्र नयाँ आवेदन खुल्छ, त्यसपछि भर्न सकिनेछ’‚ उनले भने। विभागले सवारी चालक अनुमतिपत्र