अल्पमतका मुख्यमन्त्री डिल्ली चौधरीले सुटुक्क गरे कर्मचारी सरुवा

१५ चैत, दाङ । कामचलाउ लुम्बिनी प्रदेश सरकारले कर्मचारीहरुको सरुवा गरेको छ । सरुवा हुनेमा कार्यालय प्रमुखदेखि नायब सुब्बासम्म छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चैत २ गते नै कर्मचारीहरुको सरुवा गरे पनि सार्वजनिक भने गरेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता निराजन घिमिरेले कर्मचारीहरुको सरुवा नभएको जिकीर गरे । दाङस्थित यातायात कार्यालयका तत्कालीन […]