कुकुर, काग, गाई र गोरु तिहारलाई विश्व दिवस बनाउन अभियान शुरू

तिहारका कुकुर, काग, गाई र गोरु पूजाका दिनलाई अन्तर्राष्ट्रिय (विश्व) दिवस घोषणा गराउन नेपालबाट अभियान थालिएको छ । यसका लागि प्राणी हित जागरण अभियान गठन गरिएको छ । यो अभियानले गाई, कुकुर, गोरु र गाई तिहारका दिनलाई अन्तर्राष्ट्रिय दिवस घोषणा गर्नुपर्ने भनेको छ । यसका लागि अभियानले संयुक्त राष्ट्रसंघ, युनेस्को, विश्व वन्यजन्तु कोष तथा नेपाल सरकारलाई अपिल पनि गरेको छ ।  काठमाडौंमा भएको एक भेलाले शोभा मास्के रेग्मीको अध्यक्षतामा एक समिति बनाएको छ ।  अहिले अगस्ट २६ लाई विश्वका विभिन्न भागमा अन्तर्राष्ट्रिय कु...