कर्णालीमा गठबन्धन सफल भएको प्रदेशस्तरीय संयन्त्रको निष्कर्ष

 कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनको प्रदेश स्तरीय संयन्त्रले आम निर्वाचन २०७९ को सन्दर्भमा गठबन्धन पूर्ण रुपमा सफल भएको निष्कर्ष निकालेको छ । आमचुनावको समीक्षा गर्दै संयन्त्रले गठबन्धन आंशिक रुपमा केही क्षेत्रमा असफल भए पनि समग्र रुपमा सफल भएको निष्कर्ष निकालेको हो । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय निर्वाचनमा गठबन्धन असफल भए पनि आम चुनावमा सफल भएको र न्यूनतम दुई तिहाई बहुमत आएको दाबी गरेको हो ।‘हामीले भनेको न्यूनतम दुई ति