धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिकामा ५४ करोड रुपैयाँको लागतमा औद्योगिक ग्राम निर्माण हुने भएको छ। नगरपालिकाको वडा नं ७ राम्चेडाँडामा एक सय १७ रोपनी क्षेत्रफल जग्गामा निर्माण गर्न लागेको औद्योगिक ग्राम संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीतिअनुसार उद्योग मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको हो।औद्योगिक ग्रामको संघीय संसद राजेन्द्र कुमार राईले शुक्रबार शिलान्यास गरेका छन्। औद्योगिक ग्रामको शिलान्यास गर्दै राईले देशलाई आर्थिक रुपमा धनी बनाउन कलकारखाना, उद्योग