काठमाडौं : बिहीबार बिहान नेपालगञ्जमा भेरी प्रादेशिक अस्पतालको स्टोरसँगै रहेको कर्णाली प्रदेशको मेडिकल स्टोरको आवासभवन(क्वाटर) मा निसासिएर एकै परिवारका चारजनाको मृत्यु भयो भने अन्य तीनजना बेहोस अवस्थामा भेटिए।घाइते तीनजनाको हाल नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको हाल आइसियुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक डा. प्रकाश थापाले बताए।‘हामीले तीनजना घाइतेलाई बेहोस अबस्थामै अस्पताल ल्याएर आइसियुमा उपचार गरिरहेका छौँ&rs