भारतले ल्यायो कोरोनाको औषधि ‘टु–डीजी’

बीबीसी। भारतका रक्षामन्त्री राजनाथ सिंहले आज कोरोनाको औषधि ‘टु–डीजी’ सार्वजनिक गरेका छन्। सो औषधिले कोरोना संक्रमितमा अक्सिजनमाथिको निर्भरता४० प्रतिशत घटाएको र औषधिको प्रयोग गर्नेहरु छिटो निको भएको बताए। यसलाई उनले कोरोना महामारीमा आशाको किरणको संज्ञा दिए। यसको पुरा नाम टु डिआक्सी–डी–ग्लूकोज हो। यसलाई इन्स्टीच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज र डाक्टर रेड्डीज ल्याबले मिलेर बनाएका हुन्।