कोरोनाभाइरस सङ्क्रमणको ‘रेडजोनमा काठमाण्डू, अब परीक्षण बढाइने’

लकडाउन केही खुकुलो पारिएपछि काठमाण्डू उपत्यकामा मानिसहरूको हिँडडुल र अन्य गतिविधि बढेको छ। तर ठूलो जनघनत्व भएको राजधानीमा कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिम भएको अधिकारीहरू बताउँछन्।