काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को बीसौं वार्षिक साधारण सभा काठमाडौंको मन्डिखाटारमा सम्पन्न भएको छ। साधारण सभामा संस्थाको दुई दशकको यात्रा, आगामी कार्यदिशा तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाबारे छलफल भएको छ। सभाको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै एनबीआईका अध्यक्ष कुशकुमार जोशीले संस्थाको दुई दशक लामो यात्रामा सदस्य संघ–संस्थाहरूबाट प्राप्त सहयोगप्रति […]
दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोकनेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत् नेतृत्व छाड्न अस्वीकार गरेका छन्। महासचिव शंकर पोखरेलसहितका नेताहरूले निरन्तर दबाब दिँदा पनि उनी झन् कठोर शैलीमा देखिए । बैठकको पहिलो दिनमै ओलीले आफ्ना […]
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान तथा पुन:स्थापनाका लागि कार्ययोजना तयार गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा पर्यटन मन्त्री खड्गराज पौडेल ‘गणेश’ले सम्बन्धित समितिलाई ‘रिकभरी प्लान’को मस्यौदा तयार गर्ने थप जिम्मेवारी दिएका हुन्। उक्त योजनामा बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुन:स्थापना, आगामी विपद्का समयमा निकायगत […]
आगामी नोभेम्बरको मध्यवधि चुनावमा कंग्रेसमा आफ्नो झिनो बहुमत जोगाउन सङ्घर्षरत रिपब्लिकनहरूका माझ राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनलाई नै मुख्य राजनीतिक निशाना बनाएका छन्। एक समीक्षा अनुसार उनले यस वर्ष मात्रै बाइडेनको नाम करिब ९०० पटक लिएका छन्। ८३ वर्षीय पूर्वराष्ट्रपति बाइडेन स्टेज-४ को क्यान्सरसँग जुध्दै सार्वजनिक जीवनबाट लगभग टाढा भइसकेका छन्। यद्यपि, ट्रम्पले आफ्ना […]
काठमाडौं । आगामी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको हाे । महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार ती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी […]
जल तथा मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। सोमबार साँझ जारी मनसुन विशेष मौसम बुलेटिनअनुसार मौसमी प्रणालीमा आएको परिवर्तनका कारण उक्त अवधिमा जनजीवन प्रभावित हुन सक्ने देखिएको छ। विभागका अनुसार उत्तर अण्डमान सागर तथा आसपासमा विकसित न्यूनचापीय […]