बारामा किसानले यसवर्ष तीन अर्ब ५३ करोड ९४ लाख बराबरको एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् । उत्पादित धान व्यापारीले प्रति क्विन्टल दुई हजार ५०० का दरले खरिद गरेका छन् । अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।